बासेल १ (Basel 1)
जमर्नीमा ‘व्यान्खाउस हरस्ट्याट’ बैंकले अत्यन्तै उच्च जोखिम उठाएर बिदेशी बिनिमय सम्बन्धि कारोवार गरिरहेको थियो । कारोवारको सिलसिलामा आफ्नो पुँजीको तीन गुणाभन्दा बढिको जोखिम उठाइ सकेको थियो । बैंक नियमन निकायले यो कुरा थाहा पायो । र, यस्ता क्रियाकलापले बैकिङ क्षेत्रमा ठूलो जोखिम निम्तिने ठानेर २६ जुन १९७४ का दिन त्यो बैंक बन्द गर्ने निर्णय गर्यो । बैंक बन्द भएपछि त्यससँग बिदेशी बिनिमय कारोवार गरेका अन्य बैंकले भुक्तानी पाएनन् । जुन जोखिमलाई आज पनि बैंकिङ क्षेत्रमा हरस्ट्याट (सेट्टलमेण्ट रिस्क) जोखिम भन्ने गरिन्छ । ‘ब्रेटन उड्स सिस्टम्’ हटेकाले यो बैंक असफल हुन पुगेको ठानिन्छ । के हो ब्रेटन उड्स सिस्टम् ? सन् १९४४ को जुलाईमा ४४ देशका प्रतिनिधि ब्रेटन उड्समा मौद्रिक तथा बित्तीय सम्मेलनमा भाग लिन जम्मा भए, जसलाई ब्रेटन उड्स सम्मेलन नाम दिइएको थियो । उक्त सम्मेलनले ‘इन्टरनेश्नल मनेटरी फण्ड’ (आईएमएफ) र ‘इन्टरनेश्नल बैंक फर रिकन्सट्रक्सन एण्ड डेभ्लपमेण्ट’ को स्थापना गर्ने निर्णय गर्यो । त्यस्तैगरी, ती देशमा सुन र अमेरिकी (युएस) डलरमा आधारित स्थीर मुद्रा बिनिमय प्रणाली लागू गर्ने